साउन २१ – पाउलो डिबालाको ट्रान्स्फरलाई लिएर अहिले बजारमा बिभिन्न किसिमका हल्ला चलिरहेको छ । पछील्लो समय युभेन्टसले डिबालालाई बेच्न खोजेको खबर निकै चर्चामा रहेको छ । युभेन्टसले डिबालालाई म्यान्चेस्टर युनाइटेड पठाउन चाहेको छ भने युनाइटेडबाट रोमेलु लुकाकु भित्र्याउन खोजेको छ ।
युभेन्टस डिबाला पठाएर लुकाकु ल्याउने योजनामा रहेको छ । यो ट्रान्स्फरलाई लिएर दुई क्लब बिच सम्झौता गर्ने सहमती पनि भएको खबर छ । तर डिबाला भने युनाइटेड सँग सम्झौता गर्न असहत भएका छन् । २५ बर्षिय अर्जेन्टाइन स्टार डिबालाले भने आफु युनाइटेड नजाने बताईरहेका छन् ।
यसै बिच यस ट्रान्स्फरमा नयाँ खबर आएको छ । स्थानिय संचारमाध्यमका अनुसार युभेन्टस छोड्नु पर्ने डिबाला पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने सोचमा रहेका छन् । स्रोतमा अनुसार उनी युभेन्टस नछोड्ने तर छोड्नै परे युनाइटेड होइन पीएसजी जाने सोचमा रहेका छन् । उनले आफ्नो लागि युनाइटेड भन्दा पीएसजी नै उपयुक्त हुने सोचेका छन् । यसका लागि उनका एजेन्ट जर्ज एन्टुनले पीएसजीका निर्देशक लियोनार्दो सँग छलफल पनि गरिसकेका छन् । छलफलमा पीएसजीका निर्देशक लियोनार्दो सकारात्मक देखिएको स्रोतको दाबी रहेको छ । एजेन्सी


