दुर्घटनामा परेका साइकलिस्टको मृत्‍यु

एटुजेड समाचार

साउन २१ – पोल्याण्डमा जारी टूर दि पोलोग्नेको तेस्रो चरणको रेसमा दुर्घटनामा परेका साइकलिस्टको मृत्‍यु भएको छ । दुर्घटनामा परेका बोर्ग ल्याम्ब्रेटको उपचारका क्रममा ज्यान गएको हो ।२२ वर्षीय चालक बेल्जियन साइकलिस्टलाई दुर्घटनापछि तत्कालै अस्पताल पुर्‍याइएको थियो ।उनको सोमबार निधन भएको हो ।

उनले व्यावसायिक साइकलिङ प्रतियोगितामा दोस्रो पटक सहभागिता जनाएका ल्याम्ब्रेटले सन् २०१७ मा यू–२३ रेसको उपाधि जितेका थिए । गएको वर्ष भएको यू–२३ विश्वकप च्याम्पियनसिपमा उनी उपविजेता भएका थिए । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु