खाजा खर्च कटाएर आर्दश गृहमा सहयोग

एटुजेड समाचार

भरतपुर, साउन २० – बालमिकी शिक्षा सदन कक्षा १२ मा पढ्ने बिद्यार्थीहरुले आँफ्नो खाजा खर्च कटाएर आर्दश गृहमा सहयोग गरेका छन् । साउने सोमबारको दिनलाई धार्मिक दिन बनाउनको लागि भन्दै भरतपुर ४ मा रहेको आर्दश गृहमा पुगेर ९ हजार आर्थिक सहयोग गरेको बिद्यार्थी तथा कार्यक्रम संयोजक आयुष न्यौपानेले बताए ।

बिद्यार्थीहरु आर्दश गृहमै पुगेर खाजा खर्च बापतको ९ हजार सहयोग गरेका हुन् । शिक्षक गणेश ढकाल र प्रदिप पौडेलको उपस्थितमा बिद्यार्थीहरुले गृहकी सञ्चालिका मिना खरेललाई नगद हस्तान्तरण गरेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु