साउन १९ – प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले इस्को भित्र्याउने योजना बनाएको छ । इंग्लिस संचारमाध्यमहरुका अनुसार सिटीले स्पेनिस क्लब रियल मड्रिडका इस्को प्रती चासो देखाएको हो । सिटीले आउदो सिजन धेरै उपाधी जित्ने योजना बनाएको र त्यसैका लागि इस्को भित्र्याउन खोजेको स्रोतको दाबी छ ।
२७ बर्षिय अट्याकिङ मिडफिल्डर इस्कोको रियलसँगको सम्झौता सकिन अझै दुई बर्ष बाँकी रहेको छ । तर रियलले जारी ट्रान्स्फर विन्डोमा धेरै पैसा खर्च गरिसकेकोले त्यसलाई सन्तुलित बनाउन इस्कोलाई बेच्न सक्ने स्रोतको भनाई छ ।
उनलाई रियलले ५० मिलियन युरो सम्ममा बेच्न सक्ने बताईएको छ । यद्दपी रियलले अहिले सम्म इस्कोलाई बेच्ने बारे केही बोलेको भने छैन । इंग्लिस क्लब सिटीका प्रशिक्षक पेप ग्वार्डिवला यस ट्रान्स्फर विन्डोमा शान्त जस्तै रहेका छन् । सिटीले यस पटक अहिले सम्म जम्मा तीन जना अनुबन्ध गरेको छ । एजेन्सी


