कोपा अमेरिका : अर्जेन्टिना र पाराग्वे बराबरीमा रोकिए

एटुजेड समाचार

असार ०५ – कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र पाराग्वेले बराबरीमा खेलेका छन् । कोपा अमेरिका अन्तर्गत भएको खेलमा दुवै टिमले एक–एक गोल गरेका हुन ।खेलमा अग्रता भने पाराग्वेले लिएको थियो । पहिलो हाफको ३७ औं मिनेटमा रिचार्ड सान्चेजको गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पाराग्वे १-० ले अघी रह्यो ।

पहिलो हाफमा पछी परेको अर्जेन्टिनाले दोस्रो हाफमा बराबरी गर्‍यो । खेलको ५७ औं मिनेटमा पेनाल्टीमार्फत अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल गरे ।अर्को चरण प्रवेशका लागि अर्जेन्टिनालाई कतार बिरुद्दको खेल जित्नै पर्ने दबाब रहेको छ । यस्तै सोही समुहको अर्को खेलमा कोलम्बिया सँग पाराग्वे बराबरीमा रोकिनु पर्नेछ ।

समूह ‘बी’मा रहेको पाराग्वे दुई अंकसहित दोस्रो र एक अंक जोडेको अर्जेन्टिना चौथो स्थानमा छ । दुवै टिमले दुई–दुई खेल खेलेका छन् ।आजै भएको अर्को खेलमा कोलम्बियाले कतारलाई १–० गोल अन्तरले पराजित गर्‍यो । ६ अंकसहित कोलम्बिया शीर्ष स्थानमा र एक अंक जोडेको कतार तेस्रो स्थानमा छ । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु