इनरिकले छोडे स्पेनको प्रशिक्षक पद

एटुजेड समाचार

असार ०४ – लुइस इनरिकले स्पेनको प्रशिक्षक पद छाडेका छन् । इनरिकले ब्यक्तिगत कारण देखाउदै पद छोडेका हुन् ।बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिकेले जुन २०१८ मा दुई वर्षे सम्झौता गरेका थिए । तर, एक वर्ष नपुग्दै उनले पद छाडेका हुन् ।

 स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबिआलेसले भनेका छन्, ‘यो इनरिकेको आफ्नो निर्णय हो ।’ उनको स्थान सहायक प्रशिक्षक रोबर्टो मोरनोले दिनेछन् । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु