चितवन, असार ०३ – नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवन शाखाको कार्यबाहक अध्यक्षको जिम्मेवारी सुबास गौतमलाई दिईएको छ । ईक्यान चितवनका अध्यक्ष भानु खरेल बिशेष कामका लागि अष्ट्रेलिया जान लागेको कारण उपाध्यक्ष गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिईएको हो ।
गौतमले बुधवारबाट नै कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।गौतम मेट्रो एजुकेसन एकेडेमीका प्रबन्ध निर्देशक हुन् ।


