असार ०३ – डिफेन्डिङ च्याम्पियन चिलीले कोपा अमेरिका फुटबलमा बिजयी सुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा एसियन राष्ट्र जापानलाई ४-० ले पराजित गर्दै चिलीले बिजयी सुरुवात गरेको हो ।
चिलीको जितमा इडुआर्डो भर्गासले दुई गोल गरे । त्यस्तै, इरिक पुलगर र एलेक्सिस सान्चेजले समान १–१ गोल गरे ।पहिलो हाफमा एक गोलको अग्रता बनाएको चिलीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । खेलको ४१औं मिनेटमा पुलगरले गोल गर्दै चिलीलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलले पछि परेको जापानले दोस्रो हाफमा झनै खराब प्रदर्शन गर्यो । भर्गासले खेलको ५४औं मिनेटमा गोल गर्दै २–० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ८२औं मिनेटमा सान्चेजले गोल गर्दै चिलीलाई ३–० गोलको अग्रता दिलाए । भर्गासले त्यसको एक मिनेटपछि नै अर्थात खेलको ८३औं मिनेटमा अर्को गोल गर्दै ४–० गोलको जित हात पारेको हो ।एजेन्सी


