चितवन, जेष्ठ २२ – बातावरण संरक्षणका लागि टिम चितवनको आयोजनामा २ दिने सेमिनार भब्यताको साथ सम्पन्न भएको छ । चितवनमा सकृय बिभिन्न सामाजिक क्लबहरुको छाता संगठन ‘टिम चितवन’ को आयोजनामा ‘बातावरण र यसको संरक्षण’ बिषयक २ दिने सेमिनार सम्पन्न भएको हो । सोमबारबाट शुरु भएको सेमिनार मंगलबार सम्पन्न भएको हो ।
बातावरण दिवस २०७६ को अवसरमा दारी ग्याङ, स्माइल नेपाल, हेल्प फर ह्याप्पिनेस, एम डब्लु आर आर लगायतको सामाजिक क्लबहरुको छाता संगठन ‘टिम चितवन’ ले उक्त कार्यक्रमको आयोजना गरेको हो ।सेमिनारको दोस्रो दिन मंगलबार महिलाहरुलाई प्रशिक्षण दिईएको थियो ।
दोस्रो दिन डा. अनुप गुरुङ,सुशिल कुमार कार्की र तुलसी ज्ञवालीले प्रशिक्षण दिएका थिए । दोस्रो दिनका प्रमुख बक्ता तुलसी ज्ञवालीले महिलाहरुलाई घर भित्रबाट निस्कने फोहोरलाई कसरी व्यवस्थापना गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएकी थिईन् । ज्ञवालीले घर र करेसाबाट निस्कने फोहोरलाई मोहरमा बदल्न सक्ने बताईन् । यस्तै फोहोरलाई मल बनाएर प्रयोग गर्ने तरिका बारे समेत ज्ञवालीले सहभागीहरुलाई प्रशिक्षण दिएकी थिईन् । घरबाट निस्कने फोहोरलाई घर भित्रै प्रयोग गरेर बातावरण सफा राख्न सकिने ज्ञवालीले बताईन् ।
बातावरणविद डा अनुप गुरुङ र सुशिल कुमार कार्कीले बातावरण कसरी सफा र हरियाली बनाउने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए । गुरुङ र कार्कीले हाम्रो वरपरको बातावरण कसरी जोगाई राख्ने, रुख बिरुवालाई जोगाएर बातावरण कसरी हरियाली बनाउने भन्ने बिषयमा प्रशिक्षण दिएका दिए ।
उनीहरुले बातावरण सफा राख्नु पर्छ र कसरी सफा राख्ने भन्ने बिषयमा हामीलाई सबै थाहा भए पनि व्यवहारमा लागु नगर्दा समस्या भईरहेको बताए । बातावरण संरक्षणमा गम्भिर भएर नलाग्ने हो भने भविष्यमा ठुलो समस्या निम्तन सक्ने उनिहरुको भनाई रहेको छ । यस अघी पहिलो दिन पनि गुरुङ र कार्कीले नै प्रशिक्षण दिएका थिए । पहिलो दिनको कार्यक्रम युवा लक्षित रहेको थियो भने दोस्रो दिनको कार्यक्रम महिला लक्षित रहेको थियो ।
२ दिने सेमिनार सोचेको भन्दा पनि राम्रो भएको स्माइल नेपालमा अध्यक्ष सन्तोष पन्तले बताए । उनले सेमिनारमा अपेक्षा गरे भन्दा धेरैले सहभागीता जनाएको समेत बताए ।बातावरण बिद डा अनुप गुरुङ प्रमुख अतिथी रहेको कार्यक्रम दारी ग्याङ चितवनका संयोजक रेशम अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । सेमिनारलाई एक्पर्ट एजुकेसन एण्ड भिषा सर्भिसेज चितवनले प्रायोजन गरेको हो ।


