काठमाडौं, जेष्ठ १७ – न्यायपालिका आफैँले राजनीतिक दलको सहयोगी बनेर दलहरुबाट स्वतन्त्र न्यायपालिका विरुद्ध हस्तक्षेप आमन्त्रण गरेको र नेपाल बार एसोसिएसन पनि राजनीतिक दलहरुको भ्रातृसंस्था मात्र बनेको भन्दै स्वतन्त्र कानुन व्यवसायीहरुको एक बृहत भेलाले आज नेपाल बार एसोसिएसनकै सभाहलमा नयाँ नेपाल बार एसोसिएसनको बैकल्पिक मञ्चको रुपमा नयाँ संस्था जन्माएका छन् ।
भेलाले ६१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । समितिको अध्यक्ष नारायण प्रसाद दवाडी, उपाध्यक्ष पुनम कुमारी ठाकुर झा, महासचिव अनिल उपाध्याय, सचिव शम्भु उपाध्याय, कोषाध्यक्ष शारदा चौंलागाईँ (चन्द्रा) रहनु भएको छ । सदस्यहरुमा क्रमशः स्वागत नेपाल, दिनेशराज सत्याल, शेर बहादुर ढुंगाना, तोयानाथ ढुंगाना, अहमदिन मुसलमान, कृष्ण प्रसाईँ, लोकेन्द्र ओली, सावित्रा श्रेष्ठ (साबी), कृष्ण श्रेष्ठ, रोशन कुमार, रामहरि गिरी, उमेश पाण्डे, सञ्जिव घिमिरे, खगेन्द्र दाहाल, बल बहादुर थापा, विनोद भुजेल, दावा तामांग, देवेन्द्र थापा, किशोर कार्की, विजय कुमार यादव, आतिश कार्की, दीपक ऐर, दीपक खनाल, निता कार्की, सरु सापकोटा, टुक नाथ अधिकारी, धर्मराज रेग्मी, रोशनराज मुडभरी, शकुन्तला भुषाल, निर्मला दंगाल, अनिता कोइराला, हरिमोहन भट्टराई, देवी बराल, शम्भु प्रसाद न्यौपाने, नवराज पाण्डे, ज्ञानेन्द्र घिमिरे, शुभराज शिल्पकार, बसन्तराज फुयाँल, शान्त माया परियार, कविताञ्जली मिश्र, षटकोण श्रेष्ठ, शिवराज जैशी, भवानी खड्का, दीर्घबन्धु सुवेदी, सुलभ खरेल, सन्देश सापकोटा, राकेश वम, विधान रिजाल, प्रशन्न श्रेष्ठ, विजय कुमार यादव, सुनिल सुवेदी, शिवशंकर प्रसाद अधिकारी, सुमन खनाल, भानु निरौला, सुन्दर स्नेही, विकास सापकोटा रहेका छन् ।
सबै क्षेत्रमा राजनीतिक दलहरुले स्वतन्त्र नागरिकहरुका मुद्दाहरुलाई पाखा लगाएको भन्दै कुनै पनि राजनीतिक दलको कुनै पनि तहको समितिमा नरहेका नागरिकहरुलाई संगठित गर्ने अभियान चलाइरहेको स्वतन्त्र राष्ट्रिय अभियानले सो केन्द्रीय समिति निर्माणपछि तुरुन्तै सबै तहका बार इकाइमा यस अभियानको शाखाहरु समेत विस्तार गर्ने समेत जनाएको छ ।


