मञ्जली र अभिषेकलाई उदयीमान खेलाडीको अवार्ड

एटुजेड समाचार

काठमाडौं, बैशाख २२ – मञ्जलीकुमारी योन्जन र अभिषेक रिजालले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको एन्फा अवार्डमा उदयीमान खेलाडीको अवार्डबाट सम्मानित भएका छन् । एफ्नाको आयोजनामा आइतबार राजधानी काठमाडौंमा सम्पन्न एन्फा अवार्डमा मञ्जली महिला तथा अभिषेक पुरुष तर्फबाट उदयीमान खेलाडीको अवार्डबाट सम्मानित भएका हुन् ।

यो बिधाको अवार्ड राष्ट्रिय टोलीका पूर्व कप्तान मणी विक्रम शाहको स्मृतिमा दिइएको हो । योन्जन र रिजालले स्कुटर र १ लाख रुपैयाँ प्राप्त गरे । मन्जलीले राष्ट्रिय टोली र उत्कृष्ट क्लबबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय यू-२३ टोलीका महत्वपूर्ण सदस्य अभिषेकले क्लब फुटबलमा पनि राम्रो छाप छोडिरहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु