काठमाडौं – देशको हिमाली क्षेत्रमा शनिबार (मंसिर १२) दिउँसो आंशिक बादलको पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको महाशाखाले जनाएको छ ।
यस दिन राति कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
“बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भूभागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ,” महाशाखाले भनेको छ ।


