ग्रीनल्यान्ड स्कुलको तीन दिने खेलकुद सम्मेलन आजदेखि सुरू

एटुजेड समाचार

भरतपुर – भरतपुरको ग्रीनल्यान्ड पब्लिक स्कुलमा खेलकुद सम्मेलन सुरू भएको छ । स्कुल परिसरमा आज (बुधबार) देखि सुरू भएको सम्मेलनको प्रमुख अतिथि चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गरे ।

सो क्रममा कार्कीले सबै विद्यलायहरुले शैक्षिक क्रियाकलापसहित खेलकुदलाई पनि महत्त्व दिनुपर्नेमा जोड दिए । स्कुलस्तरबाट नै ग्रास रुट सुरू हुने भन्दै उनले सबै विद्यालयले यसरी नै खेलकुदलाई प्राथमिकता दिन सके प्रतिभावना खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

खेलकुद र शैक्षिक क्रियाकलापलाई स्कुलले सँगसँगै अघि बढाईरहेको प्राचार्य इन्दिरा कार्कीले बताइन् । कार्कीले अध्ययनसँगै आफ्नो रूचिअनुसारको खेल तथा अन्य क्षेत्रमा मेहनत गरेर अघि बढ्न विद्यार्थीहरुलाई सुझाव दिइन् । कार्यक्रम तीन दिन चल्ने स्कुलका खेलकुद प्रशिक्षक कृष्ण कार्कीले बताए ।

खेलकुद सम्मेलनमा स्कुलका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न विधामा सहभागीता छन् । उद्घाटन कार्यक्रममा स्कुलका सह प्राचार्य उपेन्द्र आचार्यले स्वागत मनतव्य व्यक्त गरेका थिए । उद्घाटन अघि स्कुलको एनसीसी समूहले परेड पनि प्रस्तुत गरेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु