चितवन – चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा सोमबार साँझ चर्चित नेपाली सांगीतिक समूह कुमा सागर एण्ड द ख्वपाको विशेष लाइभ कन्सर्टले महोत्सवको माहोल तताएको छ । उनको प्रस्तुति हेर्न महोत्सव परिसरमा दर्शकको उल्लासमय सहभागिता देखिन्थ्यो ।
कुमा सागरले आफ्ना चर्चित गीत ‘ओ चम्पा’, ‘ए माई रे’, ‘फर्फुरी’, ‘चाहारे सारी’ लगायतका गीत प्रस्तुत गर्दा दर्शकहरु झुमेका थिए । उनका लोकप्रिय गीतमा दर्शकले हुटिङ, ताली र नृत्यमार्फत भरपूर साथ दिएका थिए ।
नेपाली मौलिक संगीत र फरक सांगीतिक शैलीका कारण युवा पुस्तामाझ लोकप्रिय कुमा सागर एण्ड द ख्वपाको प्रस्तुतिले महोत्सवको सांगीतिक माहोल थप उत्साहपूर्ण बनाएको थियो । रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना र आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सह आयोजनामा जारी दोस्रो संस्करणको नारायणी महोत्सव मंसिर १८ गतेसम्म चल्नेछ ।


