‘देश उभो लाउने टोली’ भन्दै बालेनले सार्वजनिक गरे तीन जनाको तस्बिर

एटुजेड समाचार

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूसहित तीन जनाको तस्बिर सार्वजनिक गरेका छन् ।

तस्बिरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल देखिएका छन् । सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानभित्र उक्त तस्बिर खिचिएको बताइएको छ ।बालेनले तस्बिरसँगै ‘देश उभो लाउने टोली । निकै मिहिनेती मान्छेहरू’ भन्ने टिप्पणी लेखेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु