काठमाडौं – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण क्रममा कुल ६ परियोजना शिलान्यास तथा हस्तान्तरण गरिएको छ । समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी आयोजना शिलान्यास तथा हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री शाह र समकक्षी मोदीले ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरे ।
यो आयोजना नेपाल र भारतको संयुक्त लगानीमा बन्ने छ । संखुवासभा चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ ।
आयोजना निर्माणका लागि लगानी बोर्ड र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच १८ जेठ २०८० मा परियोजना विकास सम्झौता भएको थियो ।
आजै बनवासा सुक्खा बन्दरगाह समेत शिलान्यास गरिएको छ । उता, सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइन र झापामा टर्मिनलको समेत आजै शिलान्यास गरिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन हस्तान्तरण समेत दुई प्रधानमन्त्रीले गरेका छन् । दुई प्रधानमन्त्रीले धार्चुला–दार्चुला पक्की पुलको समेत आजै उद्घाटन गरिएको छ ।
त्यसैगरी भारतकाे अयाेध्या र नेपालका जनकपुर जाेड्ने सरयु-कमला एक्स्प्रेस रेल सेवा उद्घाटन गरिएकाे छ । याे रामायण सर्किट परियाेजना अन्तर्गत कार्यान्वयन गरिएकाे हाे ।


