जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

एटुजेड समाचार

नयाँ दिल्ली –  नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु भएको छ ।

नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका छन् ।

भर्चुअल माध्यमबाट उद्घाटन गरे लगत्तै अयोध्याबाट रेल जनकपुरका लागि हिँड्ने  छ । अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलका उच्च पदाधिकारीहरूले जनकपुर जाने रेलको बिदाइ गर्नेछ ।

यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक शहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु