राइजिङ स्टार एसिया कप: यूएईमाथि नेपालको ६ विकेटको शानदार जित

एटुजेड समाचार

काठमाडौँ । राइजिङ स्टार एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि ६ विकेटको सहज जित निकालेको छ। कतारको दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले अनुशासित बलिङ र आक्रामक ब्याटिङको तालमेल मिलाउँदै जित हात पारेको हो।

खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको यूएई ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमै समेटियो । यूएईको इनिङ्समा मुहम्मद शाहदादले सर्वाधिक ४० रन जोड्दा हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए । यी तीन खेलाडीबाहेक यूएईका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा टोली सस्तैमा खुम्चियो।

यूएईलाई कम स्कोरमा रोक्न नेपाली बलरहरू चम्किए । नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन-तीन विकेट लिएर यूएईको मध्य तथा तल्लोक्रम ध्वस्त पारे । यस्तै राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले पनि एक-एक विकेट आफ्नो नाममा लेखाए।

जवाफमा नेपालले १२२ रनको सामान्य लक्ष्य मात्र २२ ओभरमै पूरा गर्दै ४ विकेट गुमाएर जित सुनिश्चित गर्‍यो। नेपाली ब्याटरहरूले सुरुदेखि नै संयमित र प्रभावशाली प्रदर्शन गर्दै खेललाई एकतर्फी जस्तै बनाए र प्रतियोगितामा महत्वपूर्ण अंक जोडे।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु