काठमाडौं – नेपाल घुमफिरमा आउने पर्यटकले पछिल्लो तीन महिनामा २५ अर्ब ५२ करोड रुपैयाँ बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउन–असोज अवधिमा भ्रमण आय ३२.७ प्रतिशत बढेर उक्त रकम बराबर पुगेको हो । गत आव सोही अवधिमा १९ अर्ब २३ करोड बराबर खर्च गरेका थिए ।
तीन महिनामा भ्रमण व्यय भने १५.७ प्रतिशत घटेर ५४ अर्ब ४६ करोड बराबर भएको छ । यसमध्ये शिक्षातर्फको व्यय ३६ अर्ब ६५ करोड बराबर छ ।
गत आव सोही अवधिमा भ्रमण व्यय ६४ अर्ब ५९ करोड थियो । जसमध्ये शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड थियो । सेवातर्फ आयको तुलनामा व्यय बढी हुँदा खुद सेवा खाता भने १९ अर्ब ५५ करोडले घाटामा छ । अघिल्लो आव ३२ अर्ब २७ करोडले घाटामा थियो ।


