काठमाडौं – नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । राजदूत झाङले बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरेका हुन् ।भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा आपसी सहयोगका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा छलफल केन्द्रित रहेको मन्त्रालयले जनाएको छ ।


