बेलायतको विद्यार्थी भिसामा कडाइ : अन्तर्वार्तामा बोलाइएका ९२ प्रतिशत नेपाली विद्यार्थी अस्वीकृत

एटुजेड समाचार

काठमाडौं – बेलायतले विद्यार्थी भिसा प्रक्रियामा कडाइ गरेसँगै अन्तर्वार्तामा बोलाइएका नेपाली विद्यार्थीमध्ये ९२ प्रतिशतको भिसा आवेदन अस्वीकृत भएको छ ।

बेलायतको भिसा तथा अध्यागमन कार्यालय (यूकेभीआई) को तथ्याङ्क उद्धृत गर्दै अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रसम्बन्धी समाचार संस्था ‘द पीआईई’ ले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ को मेदेखि अक्टोबरसम्म अन्तर्वार्तामा सहभागी नेपाली विद्यार्थीमध्ये ९२ प्रतिशतलाई अविश्वसनीय ठहर गर्दै भिसा अस्वीकार गरिएको हो ।

उक्त ६ महिनाको अवधिमा यूकेभीआईले कुल ११ हजार ४१५ जना सम्भावित विद्यार्थीको अन्तर्वार्ता लिएको थियो । तीमध्ये ९ हजार ४३ जनालाई भिसा अधिकृतहरूले अध्ययनका लागि बेलायत जाने उद्देश्य विश्वसनीय नभएको निष्कर्ष निकालेका थिए । समग्रमा अन्तर्वार्तामा सहभागीमध्ये करिब ७९ प्रतिशत विद्यार्थीको आवेदन अस्वीकृत भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु