काठमाडौं – नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दिएको छ। राष्ट्रियसभा सांसद झाँक्रीको गाडीमा बिहीबार बबरमहलस्थित सडकमा बसले सामान्य ठक्कर दिएको हो।
बा ४ ख ५२३१ नम्बरको गाडीले झाँक्री चढेको प्रदेश ३–०१ ०२४ च ५७७६ नम्बरको कारमा पछाडिबाट ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।


