काठमाडौं – कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ ।केन्द्रमा आज बिहान उज्यालो नहुँदै चोरी भएको भन्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले भिडियो सार्वजनिक गरेका छन् ।मन्त्री पुनले सार्वजनिक गरेको भिडियोमा आविष्कार केन्द्रभित्र छिरेका एक व्यक्तिले त्यहाँ भएको कम्प्युटरजस्तो देखिने सामान उठाएर हिँडेका छन् ।
भिडियो र तस्वीर सार्वजनिक गरेका मन्त्री पुनले भनेका छन्, ‘यो चोरलाई चिन्नुहुनेहरूले ९८४१५९२३६१ मा खबर गरिदिनुहोला । यसले कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरेको छ ।


