काठमाडौं : एसीसी पुरुष एसिया कप राइजिङ स्टार्समा नेपालले आज नेपालले युएईसँग खेल्दैछ। कतारको दोहामा हुने यो खेल आज विहान ११; ४५ बजेदेखि शुरु हुनेछ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा भारत ए सँग ३०६ रनको फराकिलो हार बेहोरेर खराब शुरुवात गरेको छ भने युएईले पनि पाकिस्तान ए सँग ६१ रनको हार बेहोरेको थियो। प्रतियोगितामा दुवै देशले पहिलो खेल हारेकाले यो खेल जित्नै पर्ने अवस्थामा आमने सामने हुदैछन्।
नेपाल सन्दीप लामिछानेको कप्तानीमा यो प्रतियोगिता खेलिरहेको छ। नेपालले यसपछि अर्को खेल नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका छ।
एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ए टिम सहभागी छन्।हङकङ, नेपाल र युएईका मुख्य टिम प्रतिष्पर्धा गर्दैछन्। नेपालले भने एनपीएल जारी रहेकाले धेरै जसो खेलाडी प्लेअफबाट बाहिरिएका टिमका खेलाडी समेटेको छ।


