काठमाडौँ- काठमाडौँ उपत्यकामा चिसो बढ्न थालेको छ। उपत्यकाको न्यूनतम तापक्रम एकै दिनमा ३.६ डिग्री सेल्सियसले घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान ५ः४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ।
सोमबार सोही समयमा उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस थियो।


