तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

एटुजेड समाचार

काठमाडौं –  तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको हो ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार २ लाख ८४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १५५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ७ सय रुपैयाँमा झरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु