चितवनमा ईभी कारको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आज बिहान ०९:०० बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीहरूलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा जिल्ला चितवन, भरतपुर महानगरपालिका–१५ बस्ने वर्ष ३० की पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले ०९:५४ बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनामा थप दुई जना पैदलयात्री सामान्य घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत रहेका छन् ।

कार र चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका–१६ फुर्तीचोक बस्ने वर्ष ३३ का मनोज पौडेललाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु