ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी कारागारमुक्त

एटुजेड समाचार

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान कारागारमुक्त भएका छन् । उनी काठमाडौंस्थित डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा प्राप्त गरेसँगै रायमाझी रिहा भएका हुन् । ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्थाअनुसार उनलाई कैदमुक्त गरिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री रायमाझी ६५ वर्ष उमेर पूरा भएपछि २५ प्रतिशत कैद छुटसहित रिहा

रायमाझीको निवेदनका आधारमा काठमाडौं जिल्ला अदालतले ज्येष्ठ नागरिकको सुविधाअनुसार कैद छुट दिने निर्णय गर्दै कारागार कार्यालयलाई संशोधित कैदीपुर्जी पठाएको थियो ।

तिहारअघि नै प्राप्त उक्त कैदीपुर्जीका आधारमा उनलाई रिहा गरिएको कारागार कार्यालयका अधिकारीले बताएका छन् ।
डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले पनि रायमाझीलाई बिहीबार रिहा गर्नुपर्ने भन्दै अदालतबाट तिहारअघि नै पत्र प्राप्त भएको जानकारी दिएका छन् । उनका अनुसार संशोधित कैदीपुर्जीअनुसार बिहीबार उनको कैद अवधि पूरा भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

ज्येष्ठ नागरिकलाई प्रचलित कानुनअनुसार कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था रहेकाले सोही सुविधाका आधारमा रायमाझी कारागारमुक्त भएका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु