चाडपर्वका नाममा अमर्यादित गतिविधि गर्नेलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

एटुजेड समाचार

काठमाडौं । चाडपर्वका नाममा हुने अश्लील तथा विकृत गतिविधि नियन्त्रण गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको गृहमन्त्री सुदन गुरुङले बताएका छन्।

गृहमन्त्री गुरुङले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच आउने गरी देउसी–भैलो खेल्ने क्रममा हुने जुनसुकै अमर्यादित गतिविधिलाई कानुनबमोजिम नियन्त्रण गरिने स्पष्ट पारेका छन्। चाडपर्वको अवसरमा हुन सक्ने अश्लील एवं विकृत क्रियाकलापप्रति गृह मन्त्रालय गम्भीर रहेको उनले उल्लेख गरेका छन्।

हाम्रो मौलिक परम्परा र सांस्कृतिक मर्यादालाई आँच आउने गरी देउसी–भैलो मनाउने क्रममा हुने अमर्यादित क्रियाकलापलाई कानुनबमोजिम निर्ममतापूर्वक नियन्त्रण गरिने प्रतिबद्धता गृहमन्त्रीले व्यक्त गरेका छन्।

यसैगरी, चाडपर्व मनाउने क्रममा कहिँ कतै त्यस्ता अवांछित वा अमर्यादित गतिविधि देखिएमा तत्काल प्रहरीको आपत्कालीन नम्बर १०० मा सम्पर्क गरी खबर गर्नसमेत उनले सर्वसाधारणलाई अनुरोध गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु