काठमाडौं -‘सरकारका कामकारबाही हेर्दा हिन्दी जासुसी फिल्म हेर्दा देख्नुभएको होला, हुँदै नहुने कामहरू भएको देखाउँछ नि त्यस्तै छ सरकारको कामकारबाही,’ उनले भने, ‘कतिबेला कुन पत्रकार समाइने हो, कुनमाथि हमला हुने हो, कुन नोकरशाही कर्मचारीतन्त्रमाथि के हुने हो, नेतामाथि के हुने हो, कता के हुने हो भन्ने कुराको टुंगो केही पनि छैन । आफैं आफैं यस्तो अवस्था सिर्जना भएको छ ।’


