होटल पौवा भरतपुरले कात्तिक २३ गते देउसी–भैलो कार्यक्रम गर्ने

एटुजेड समाचार

चितवन – नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुरस्थित होटल पौवामा देउसी–भैलो साँझ आयोजना हुने भएको छ।

होटल पौवाले सार्वजनिक गरेको निमन्त्रणाअनुसार कार्यक्रम कात्तिक २३ गते साँझ ६ बजेदेखि सञ्चालन हुनेछ।

नेपाली सांस्कृतिक धरोहरलाई संगीतका माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना हुन लागेको कार्यक्रममा मादल, बाँसुरी र झ्यालीलगायत परम्परागत बाजाको धुनसँगै सांगीतिक प्रस्तुति रहने जनाइएको छ।

कार्यक्रममार्फत नेपाली मौलिकता र सांस्कृतिक परम्पराको अनुभूति गराउँदै तिहारको खुसी तथा उल्लास साटासाट गर्ने लक्ष्य राखिएको छ।

होटल पौवाले नेपाली कला, संस्कृति र संगीतप्रेमी सबैलाई कार्यक्रममा सहभागी भई देउसी–भैलो साँझलाई रमाइलो बनाउन निमन्त्रणा गरेको छ।

होटल पौवाले रैथाने खाना र नेपाली मौलिक परम्परा जोगाउनुका साथै नेपालीहरुले परम्परादेखि मनाउँदै आएको चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको छ ।

होटल पौवा, भरतपुर शाखामा विभिन्न परिकार पाइने रेष्टुरेण्ट र आरामदायी बासको व्यवस्था छ । यहाँ विवाह, ब्रतबन्ध र अन्य समारोहका लागि उपयुक्त पार्टी हल, तालिम, गोष्ठी र बैठक गर्न मिल्ने सेमिनार हल रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु