दानबहादुर कार्की हटाएर मनोज केसी बने आईजीपी, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी

एटुजेड समाचार

काठमाडौं – नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै वर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत भएको बताइएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन् ।

लामो समयदेखि प्रहरी सेवामा रहेका केसीले अपराध अनुसन्धान तथा प्रहरी संगठनका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् । अपराध अनुसन्धान विभागको नेतृत्व गरिरहेका केसी अब प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा पुग्ने भएका छन् ।

यसैगरी, मन्त्रिपरिषद् स्रोतका अनुसार हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय भएको छ ।

सरकारको यो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ । आईजीपी नियुक्तिसँगै प्रहरी संगठनको भावी नेतृत्व, सुरक्षा व्यवस्थापन र अपराध अनुसन्धानका क्षेत्रमा नयाँ नेतृत्वको भूमिका कस्तो रहनेछ भन्ने चासोसमेत बढेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु