काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिंग गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको हो।
पोखराका लागि चमिका करुनारत्नेले सर्बाधिक २५ रन बनाएको छ भने कप्तान कुशल भुर्तेलले १४ रन बनाए। त्यस्तै मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए।
त्यस्तै लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए भने तिलक रानाभाटले २ विकेट लिएका थिए। त्यस्तै शेर मल्ल, अभिशेष गौतम र रोहित पौडेलले एक एक विकेट लिएका छन्।


