काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशभर आंशिक रूपमा मौसम बदली हुनुका साथै दार्चुला, बझाङ र हुम्ला जिल्लाका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ ।
आज देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यसैगरी, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने बताइएको छ।
आज राति देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ ।


