सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढ्यो

एटुजेड समाचार

काठमाडौं – सोमबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७२० रुपैयाँ कायम भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु