इनर व्हील क्लब अफ भरतपुरको छैटौँ चार्टर डे सम्पन्न

एटुजेड समाचार

भरतपुर – इनर व्हील क्लब अफ भरतपुरले छैटौँ चार्टर डे विशेष कार्यक्रम आयोजना गरी मनाएको छ। भरतपुरस्थित चितवन स्पाइसी हबमा आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, पूर्वअध्यक्ष तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

क्लबकी चार्टर प्रेसिडेन्ट सुनीता प्रधान पियाको प्रमुख आतिथ्यता तथा इनर व्हील डिस्ट्रिक्ट ३५० की भाइस चेयरम्यान बिनिता भट्टराईको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। क्लबकी अध्यक्ष नारायणीदेवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन चम्पा भण्डारीले गरेकी थिइन्।

चार्टर डेको अवसरमा क्लबले सामाजिक सेवाको भावनालाई आत्मसात् गर्दै श्री आधारभूत विद्यालय, शरणपुरका ५० भन्दा बढी बालबालिकाका लागि तीनदिने ART Excel (सचेतनामूलक) कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। आगामी दिनमा सञ्चालन हुने उक्त कार्यक्रमले बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता तथा सकारात्मक सोचको विकासमा सहयोग पुर्‍याउने विश्वास क्लबले लिएको छ।

कार्यक्रममा क्लबका सम्पूर्ण बोर्ड सदस्य, पूर्वअध्यक्ष तथा सदस्यहरूको उपस्थिति रहेको थियो। सो अवसरमा क्लबको छ वर्षे यात्रालाई स्मरण गर्दै हालसम्म सञ्चालन गरिएका गतिविधि तथा हासिल भएका उपलब्धिबारे चर्चा गरिएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले क्लबले सामाजिक सेवाका क्षेत्रमा गर्दै आएको निरन्तर प्रयासको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए। साथै, क्लबको यात्रामा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु