सरिता ईभेन्ट्सद्धारा विभिन्न क्षेत्रमा योगदान पुराएका २१ जना सम्मानित

एटुजेड समाचार

चितवन : सरिता ईभेन्ट्सद्धारा विभिन्न क्षेत्रमा योगदान पुराएका २१ जना सम्मानितचितवन । सरिता ईभेन्ट्सले चितवनका विभिन्न क्षेत्रमा योगदान पुराएका २२ जनालाई सम्मान गरेको छ । शनिबार साँझ भरतपुरमा आयोजित विशिष्ठ व्यक्तित्व सम्मान कार्यक्रम मार्फत २२ जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य चिकित्सा सम्मानबाट प्रा डा कृष्णप्रसाद पौडेल, सृजना भुर्तेल तथा जनसेवा विशिष्ठ सम्मानबाट गोविन्द्रप्रसाद नेपाल सम्मानित भएका छन् । यस्तै मानव सेवा सम्मानबाट छाँया श्रेष्ठ र लक्ष्मी रिजाल, आजीवन योगदान सम्मानबाट ॠषिराम कट्टेल, उद्यमशिलता सम्मानबाट राजेन्द्र ओली सम्मानित भएका छन् ।

नवप्रवर्तन सम्मानबाट कृष्णमणी पौडेल, समाजसेवी सम्मानबाट उमाशंकर अग्रवाल, पुष्पराज शर्मा धिताल, चेतनाथ वाग्ले, पूर्णप्रसाद पोख्रेल, समाज रुपान्तरण विशिष्ठ सम्मानबाट मन्जु खाँड ठकुरी, उद्यमी सम्मानबाट मोहनप्रसाद दनै, नारी नेतृत्वबाट जानकी चौधरी, सफल महिला उद्यमी सम्मानबाट पवित्रा पौडेल र आरती ढकाल तामाङ तथा पत्रकारिता सम्मानबाट अनिल ढकाल सम्मानित भएका छन् ।

यस्तै उत्प्रेरणा युवा सम्मानबाट श्रीधर रेग्मी, सर्वोत्कृष्ट लोकदोहोरी मोडलबाट नारायणी खत्री, सर्वोत्कृष्ट लोक दोहोरी गायकबाट सुरेश लामिछाने अन्जान र उदयमान कलाकारबाट सपना क्षेत्री सम्मानित भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति, भरतपुर २३ का वडाध्यक्ष दीपक दवाडी, चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेल सरिता ईभेन्ट्सकी प्रवन्ध निर्देशक सरिता आचार्यलगायतले सम्मान गरेका थिए ।

सो क्रममा मन्त्री प्रजापतिले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै कला, संस्कृति, उद्यमशीलता र सामाजिक योगदानलाई प्रोत्साहन गर्ने बताए । भरतपुर २३ का वडाध्यक्ष दवाडीले सरिता इभेन्ट्सकी अध्यक्ष आचार्यको सक्रियता, सामाजिक भावना र निरन्तरको प्रयासको प्रशंसा गर्दै समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई एउटै मञ्चमा सम्मान गर्नु सकारात्मक र प्रेरणादायी कार्य भएको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु