सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्यो, दसैँपछि कतिमा हुँदै छ कारोबार ?

एटुजेड समाचार

काठमाडौँ – एक सातापछि खुलेको बजारमा सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घटेको छ । दसैँपछि आइतबार खुलेको बजारमा सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्दै २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको हो ।

अघिल्लो साता अर्थात् ११ असोज शनिबारका दिन सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १९५ रुपैयाँले घट्दै ३ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो साताको शनिबार चाँदी ४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु