१५० बढी देशसँग नेपालको व्यापार, १३० देशसँग घाटा मात्रै

एटुजेड समाचार

काठमाडौं – नेपालले दशकौंदेखि डेढ सयभन्दा बढी राष्ट्रहरूसँग व्यापार गर्दै आएको छ । तीमध्ये ८० प्रतिशत राष्ट्रसँग व्यापार घाटा छ । नेपालले अमेरिका, इटाली, कतार, पोल्यान्डदेखि युगान्डा, लिथुआनिय, सोमालिया, भेनेजुएलासम्मका देशहरूसँग व्यापार गर्दै आएको छ ।

जसमध्ये भारत, चीन, अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्याण्ड, अस्ट्रेलिया, ब्राजिल, मलेसिया, संयुक्त राज्य अमेरिका, हङकङ, साउदी अरेबिया, युक्रेन, बंगलादेश, भियतनाम, जापान, क्यानडा, कोरिया गणतन्त्र, फ्रान्स, सिंगापुर लगायत १३० भन्दा बढी देशहरूसँग दशकौंदेखि व्यापार घाटा छ ।नेपालको किर्गिस्तान, जाम्बिया, लेबनान, कङ्गो, घाना, क्रोएसिया, साइप्रस, कोलम्बिया, जर्जिया, यमन, नर्वे, डेनमार्कलगायत ३५ बढी देशसँग भने व्यापार घाटा छैन । अर्थात् आयात निर्यातमा नेपाल फाइदामा छ ।

आर्थिक वर्ष २०७२र७३ मा देशको कूल व्यापार घाटा ७ खर्ब ४ अर्ब थियो । एक दशकको अवधिमा व्यापार घाटा दोब्बरभन्दा बढी अर्थात् १७ खर्ब नाघिसकेको छ । गत आर्थिक वर्षमा मात्रै नेपालको व्यापार घाटा १७ खर्ब ८१ अर्ब पुगेको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ । कुनै पनि देशले विदेशबाट कति वस्तु तथा सेवा खरिद गर्छ र विदेशमा कति बिक्री गर्छ भन्ने कुराले त्यस देशको अन्तर्राष्ट्रिय व्यापारको अवस्था देखाउँछ । देशले निर्यात गर्ने वस्तुभन्दा आयात गर्ने वस्तुको मूल्य बढी हुँदा व्यापार घाटा बढेको हो ।

व्यापार घाटाले देशको उत्पादन क्षमता, उपभोगको प्रवृत्ति, औद्योगिक विकास, विदेशी मुद्राको आवश्यकता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतालाई देखाउँछ । अर्थात् कुनै देशले आफूलाई आवश्यक पर्ने वस्तु कति स्वदेशमै उत्पादन गर्छ र कति विदेशबाट ल्याउँछ भन्ने कुरा व्यापार घाटाको संरचनाले देखाउँछ ।व्यापार घाटा बढ्दै जानुले देशको उत्पादन क्षेत्रलाई कमजोर बनाउँदै लैजाने पूर्ववाणिज्य सचिव चन्द्र घिमिरे बताउँछन् । निरन्तर व्यापार घाटा हुँदै जाँदा त्यसले देशको आयात धान्ने क्षमतालाई कमजोर बनाउने उनको भनाइ छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु