मुक्तिनाथ मन्दिरमा अभिभावक नभएकालाई दसैँको टीका लगाइने

एटुजेड समाचार

काठमाडौं – हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टीका लगाइने भएको छ।

मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दसैँको अवसरमा सर्वसाधारणलाई टीका, जमरा र आशीर्वाद दिने कार्यक्रम रहेको बताए।विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टीका, जमरा लगाएर सर्वसाधारणलाई आशिर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ।

आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दसैँ टीका लगाइदिने व्यवस्था गरिएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु