एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

एटुजेड समाचार

काठमाडौं –  दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ ।

यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउने काम अब विद्वान् र अनुभवी सङ्केतविद्मा मात्र सीमित नरहेको देखाएको छ ।

सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, सङ्ख्या र अक्षर प्रयोग गरिएका दुई दर्जन पङ्क्ति थिए । अनलाइन शैक्षिक अभिलेखमा लामो समयदेखि बेवास्तामा परेको यो सन्देश अमेरिकी एआई इन्जिनियर कार्टर चर्चले समाधान गरेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु