फेसबुकमा दसैंको शुभकामना दिंदै प्रधानमन्त्री बालेनले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ

एटुजेड समाचार

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् ।

विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन् । ‘

आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ’, उनले सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री बालेनले विकृति हटाउन इमानदार प्रयास, अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गर्दै परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्ने बताएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु