तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

एटुजेड समाचार

गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए।

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव गरेका थिए।

स्वदेश फर्कने क्रममा इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आज गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग सङ्क्षिप्त भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री गुरुङ यही असोज २६ गते भारत भ्रमणमा गएका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु