काठमाडौँ : कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा एक तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुधबार अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए।
कुटपिटबाट बेहोस भएका रोशनलाई उपचारका लागि कलङ्कीस्थित शहीद मेमोरियल अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । पक्राउ परेका अन्य दुई जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन।


