ग्लोबल आइएमई लघुवित्त मानपुर तनहुँद्वारा बीमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण

एटुजेड समाचार

भरतपुर – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय मानपुर तनँहुले ऋषिङ गाँउपालिका ५, झिरुवासकी सदस्य चन्द्रकला गुरुङ विगत २०७४ सालदेखि यस संस्थामा आबद्ध भई कारोबार गर्दै आउनुभएकोमा हाल विनाधितो कर्जा कार्यक्रम अन्तर्गत निजले रु. ७ लाख कर्जा उपभोग गर्दै आउनुभएकोमा उहाँको श्रीमान जौ बहादुर गुरुङको निधन भए पछि संस्थाबाट प्रदान गरिने बीमा रकम सुविधा बापतको एकमुष्ट रकम रु. ७ लाख रुपैया मात्र समूहका सम्पुर्ण सदस्यहरु, स्थानीय भद्रभलाद्मीहरु साथै शाखा प्रमुखको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रम सञ्चालन तथा कर्जा र बीमा सुबिधाको बारेमा साथै हालको अवस्थामा लघुवित्तको महत्व बारेमा शाखा प्रमुख सुदिप रेग्मीले उपस्थित सम्पूर्णलाई जानकारी गराउनु भएको थियो । दुःखको बेला संस्थाले आर्थिक रुपमा मलम पट्टि लगाउने काम गरेकोमा संस्था प्रती खुशी व्यक्त गर्दै संस्था कर्जा र बचतमा मात्र सिमित नभई विभिन्न सामाजिक काममा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको र संस्थामा सही तरिकाले कर्जा उपभोग गरे मृत्यु पश्चात पनि परिवारमा राहत मिल्ने कुरा ब्यक्त गर्दै कार्यक्रममा सहभागीहरुले यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.परिवारलाई धेरै धेरै धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु