कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

एटुजेड समाचार

काठमाडौँ — नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत शनिबारदेखि उपसभापति र महामन्त्रीको मतगणना सुरू भएको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्रीका उम्मेदवारको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि सुरू भएको हो ।

यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो । त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो ।

निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ कोठामा भइरहेको हो । सीसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिहरूको नाम संकलन गरी मतगणना थालिएको हो ।

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई पराजित गरे । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।

उनले पार्टी कार्यालयमा शनिबार सम्बोधन गर्दै खड्गीसहित अबको गणनामा पराजित हुने सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु