पोखरामा स्कुल बस दुर्घटना, १८ बालबालिका घाइते

एटुजेड समाचार

काठमाडौं । पोखरामा स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन्। पोखरा महानगरपालिका–२८ कालिकामा शुक्रबार बिहान कालिका इङ्लिस स्कुलको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका बालबालिकालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुर्घटनामा घाइते भएका सबै बालबालिकालाई उद्धार गरेर अस्पताल पठाइएको हो।

दुर्घटना कसरी भयो भन्नेबारे थप विवरण आउन बाँकी छ। प्रहरीले घटनाबारे थप जानकारी संकलन गरिरहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु