गगनको नाम जोडेर प्यानलको सूची बाँडिएपछि विश्वप्रकाशले भने– ‘सबै भ्रामक हुन्’

एटुजेड समाचार

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा गगन थापाको प्यानल भन्दै बाँडिएका उम्मेदवारको सूची भ्रामक रहेको बताएका छन् ।

सभापतिका उम्मेदवार गगन थापाको नाम जोडेर आन्तरिक रूपमा प्यानलगत सूची वितरण भइरहेको चर्चापछि शर्माले यस्तो भनेका हुन् ।

सभापतिका उम्मेदवार थापाले पनि आफ्नो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक नभएको स्पष्ट पारिसकेका छन् ।

‘हामीले बनाएको र पठाएको भनेर प्यानलको चिट बाँडिएको थाहा पाएको छु, ती सबै फेक हुन् । सभापति र मेरा लागि सबै उम्मेदवार साथीहरू समान हुनुहुन्छ । हामीले प्यानल बनाउनु आवश्यक छैन’, शर्माले भनेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु