कांग्रेस महाधिवेशनको दोस्रो दिन: आजबाट बन्दसत्र सुरु हुँदै

एटुजेड समाचार

काठमाडौं  – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र हुँदै छ। बन्दसत्र आज र भोलि चल्नेछ।

बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेस हुनेछ। महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।

त्यसअघि, बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमै बस्दै छ।यस्तै आज मतदाता नामावली प्रकाशन हुँदै छ। बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ।

५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनविरुद्ध दावी विरोधको समय तोकिएको छ। दावी विरोधउपर जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ।

मतदाताको अन्तिम नामावली प्रकाशन साढे ८ बजे हुने नेपाली कांग्रेस निर्वाचन समितिले बताएको छ। मंगलबार बिहान मनोनयन दर्ताका लागि समय तोकिएको छ। मतदान बुधबा बिहानदेखि हुने कांग्रेसले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु