दसैँमा १५ लाख यात्रु उपत्यकाबाट बाहिरिँदै, ६५ हजार ट्रिप आवश्यक

एटुजेड समाचार

काठमाडौं – नेपालीहरूको महान् पर्व दसैँको अवसरमा यस वर्ष काठमाडौँ उपत्यकाबाट करिब १५ लाख यात्रु बाहिरिने प्रक्षेपण गरिएको छ । जसमध्ये सार्वजनिक यातायातको प्रयोग गरेर मात्रै झन्डै १० लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ ।

यति ठुलो सङ्ख्यामा बाहिरिने यात्रु र सवारीसाधनको चापलाई व्यवस्थित गर्न यस पटक ठुलै चुनौती रहेको सरोकारवालाहरूले औँल्याएका छन् । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले ‘सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल’ (सोटेन) को प्राविधिक सहयोगमा तयार पारेको ‘२०८३ दसैँ पर्वको लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन’ ले दसैँको यात्रा व्यवस्थापनका विविध आयाम र चुनौतीहरूलाई विस्तृत रूपमा बाहिर ल्याएको छ ।

समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा गठित अध्ययन समितिले ट्राफिक तथ्याङ्क, सडकको वर्तमान अवस्था र यात्रुहरूको अनलाइन सर्वेक्षणलाई आधार मानेर यो प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदनअनुसार दसैँको मुख्य चाप असोज ३१ ९फूलपाती० देखि कात्तिक २ (अष्टमी)सम्म पर्नेछ । यी तीन दिनको अवधिमा मात्रै २ देखि ३ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिनेछन् ।

दसैँ अवधिभर यात्रुलाई गन्तव्यमा पुर्‍याउन न्यूनतम ४३ हजार ५ सय ७४ देखि अधिकतम ६५ हजार ३ सय ६१ सार्वजनिक सवारीसाधनका ट्रिपहरू आवश्यक पर्ने अध्ययनले देखाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु